बाइस वर्षदेखि छोराको 'मुख हेर्न' प्रतीक्षारत एक बावुको कथा

पहिलोपोष्ट

विधुर ढकाल

आज बुवाप्रति स्नेह र सम्मान प्रकट गर्ने दिन। मानिसहरु बुवाको मुख हेर्ने भदौ कृष्ण औंशीको तिथि छोप्न दौडादौड गरिरहेका छन्। ठीक उल्टो लाग्छ एकराज वाग्लेको सन्दर्भमा आजको दिन। सबै मानिस पिताको मुख हेर्ने प्रतीक्षा गरिरहँदा उनी चाहिँ खोजिरहेका छन् छोराको अनुहार। स्वयम्भू ठूलो भर्‍याङका एकराज वाग्लेले यसैगरी पर्खन थालेको आज २२ वर्ष पुग्यो।

२२ वर्ष अगाडि आजकै दिन अर्थात् २०५६ सालमा एकराजलाई आएको त्यो एउटा टेलिफोन कल सम्झिँदा अहिले पनि छाँगाबाट खसे झै गराउँछ।

'गोपी हराए।' फोनमा सुनिएको शब्द यही थियो।

चितवनको टाँडीमा रहेको हरिहर संस्कृत विद्यापिठमा अध्ययनरत १६ वर्षीय गोपीकृष्ण वाग्ले अघिल्लो दिन फूपु दिदीको घरमा जान्छु भनेर विद्यालयबाट निस्किएका थिए। भोलिपल्ट कुसे औँसीको दिन २०५६ साल भदौ २४ गते दिदीको घरबाट खाना खाएर निस्किए बिहानै। तर, २० मिनेटको पैदल दुरीमा रहेको विद्यापिठ भने पुगेनन्।

त्यसदिन एकराज यजमानमा व्यस्त थिए। उनलाई लागेको थियो - अब धेरै यजमानी गर्नुपर्ने छैन। छोराहरुले गर्ने छन् र मिल्नेछ आराम। तर, सोचेजस्तो भएन। उनी अहिले त्यही पेशामै छन्। आजको कुशे औँशीको दिन कुस लिएर घरघर पुर्‍याउँदै छन्।

प्रकाशित मिति: : 2021-09-07 13:15:00

प्रतिकृया दिनुहोस्