पृथ्वी मर्दैछ, अमेरिकाको हारजितले केही फरक पार्दैन

नेपाल खबर

काठमाडौँ

फेब्रुअरी १९८९ मा अन्तिम सोभियत ट्यांक अफगानिस्तानबाट बाहिरियो।

झण्डै एक दशक लामो युद्धमा सोभियत सेना मुजाहिद्दिनहरूबाट निर्णायक रुपले पराजित भएको थियो। जसलाई अमेरिकी र पाकिस्तानी गुप्तचर निकायले तालिम, हतियार र पैसा उपलब्ध गराएका थिए। सोही वर्षको नोभेम्बरसम्ममा बर्लिन पर्खाल ढलिसकेको थियो र सोभियत संघको पतन तीव्र भएको थियो।

शीतयुद्धको समाप्तिपछि अमेरिकाले आफ्ना लागि एक ध्रुवीय विश्वव्यवस्थाको शीर्षमा स्थान सुरक्षित गर्यो। त्यसबेलासम्म विश्व शान्तिका लागि सबैभन्दा ठूलो खतरा कम्युनिजमलाई मानिन्थ्यो। क्षणभरमै त्यसको स्थान कट्टरपन्थी इस्लामले लियो। सेप्टेम्बर ११ को आक्रमणपछि राजनीति यसकै वरिपरि घुम्न थाल्यो। र, त्यसको केन्द्रविन्दु बन्यो– अफगानिस्तानको दुर्गम पहाड।

अहिले अमेरिका लज्जास्पद तरिकाले अफगानिस्तानबाट बाहिरिरहँदा अमेरिकी शक्तिको क्षय, चीनको उदय र त्यसले बाँकी विश्वमा पार्ने प्रभावबारे अचानक चर्चा चुलिएको छ। 

प्रकाशित मिति: : 2021-09-06 21:55:00

प्रतिकृया दिनुहोस्