भारतः मोदी सरकारले ल्याएकाे कृषि नीतिकाे विराेधमा पाँच लाखभन्दा बढी किसानकाे संयुक्त प्रदर्शन

बिएल संवाददाता

उत्तर प्रदेश
Photo : tribuneindia.com
Photo : tribuneindia.com

सरकारले हालै ल्याएको नयाँ कृषि नीतिको बिरोधमा लाखौं कृषकले उत्तर प्रदेशमा प्रदर्शन गरेका छन्।

प्रदर्शनमा झन्डै पाँच लाख किसानको सहभागिता थियो। किसानले हालै ल्याइएको कृषिसम्बन्धी विवादास्पद कानून फिर्ता गर्न सरकारसँग माग गरेका थिए। सो प्रदर्शन यसअघि गत नोभेम्बरमा अयोजित प्रदर्शन भन्दा पनि विशाल रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

प्रदर्शनका लागि हजारौं किसानलाई बस तथा ट्याक्टरमा राखेर मुजफ्फानगर पु¥याइएको थियो। कृषिसम्बन्धी नयाँ नियमले किसानले आफ्ना उत्पादन बिक्री गर्न सहज पार्ने र उनीहरुलाइ थप स्वतन्त्रता प्रदान गरेको सरकारको दाबी छ। तर, यसले साना किसानलाइ ठूला कर्पोरेशनको पहुँचमा पुग्न कठिनाइ भएको आलोचकहरुले बताएका छन्।

किसानको प्रदर्शनका कारण मुजफ्फरको सडक अस्तब्यस्त बनेको थियो। प्रदर्शनकारीले राजधानी नयाँ दिल्ली जाने सडक अबरोध गरेका थिए।

प्रदर्शनलाई अनियन्त्रित हुनबाट जोगाउन सडकमा हजारौ प्रहरी तैनाथ गरिएको थियो। प्रदर्शनपछि आयोजित सभामा किसान नेताहरुले बर्तमान मोदी सरकार किसानबिरोधी भएको आरोप लगाएका थिए। सरकारले ल्याएको कानूनको बिरोधमा किसानहरुले आगामी २७ देशव्यापी आम हड्तालको घोषणा गरेका छन्।

उत्तर प्रदेशमा आगामी बर्ष विधान सभा निर्वाचन हुँदैछ। निर्वाचन नजिकिँदै जाँदा किसानको प्रदर्शनले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई धक्का लाग्ने विश्लेषण हुन थालेको छ

प्रकाशित मिति: : 2021-09-06 09:19:00

प्रतिकृया दिनुहोस्