नियमित नेतृत्व हस्तान्तरणले पार्टी बलिया हुन्छन् कि कमजोर ?

अनलाइनखबर

डम्बर खतिवडा

यदाकदा स-साना अनौपचारिक प्रसङ्गले निकै गहिरा, अर्थपूर्ण ज्ञान दिन्छन्।

करीब पाँच वर्ष अघिको कुरा। भाइ लक्ष्मण राई र म इटहरीबाट मोटरसाइकलमा झापाको बुधबारे जाँदै थियौं। उनी कुदाउँदै थिए र म पछाडि बसेको थिएँ। बेलबारी बजार काटेर जङ्गलको सुनसान क्षेत्रमा प्रवेश गर्ने बित्तिकै लक्ष्मणले एक अनौठो प्रश्न सोधे- ‘दाइ भन्नुस् त, बीपी कोइराला र सूर्यबहादुर थापाबीचको मुख्य भिन्नता के हो ?’

म अक्क न बक्क परें। के भन्न खोजेको हो, बुझिनँ। मैले बीपी कोइराला र सूर्यबहादुर थापालाई कहिल्यै तुलनीय ठानिनँ। कहाँका बीपी, कहाँका सूर्यबहादुर। कहाँ एक लोकतान्त्रिक योद्धा, कहाँ पञ्चायती सत्ता राजनीतिका खेलाडी। बीपीको बौद्धिकता, उत्कृष्ट साहित्यिक सिर्जना र क्रान्तिकारी व्यक्तित्वको सामु सूर्यबहादुर थापा मलाई सर्वथा फिका लाग्थ्यो/लाग्छ।

त्यो भिन्नै कुरा हो कि सत्ता राजनीतिको चातुर्य र प्रशासनिक कलामा सूर्यबहादुर थापाका आफ्नै प्रकारका क्षमता थिए। लक्ष्मण भाइले यी दुई व्यक्तित्व बीच कुन आयामको तुलना चाहेका हुन् नबुझेपछि मैले कुनै उत्तर दिन सकिनँ।

प्रकाशित मिति: : 2021-09-05 10:45:00

प्रतिकृया दिनुहोस्