मेलापातमा हुर्किइन्, लोकगायनमा राज गरिन्

अनलाइनखबर

काठमाडौँ

२०४५ साल। बीमाकुमारी दुरा लमजुङबाट काठमाडौं आएकी थिइन्, देशव्यापी दोहोरी प्रतियोगितामा भाग लिन। आयोजक थियो, राष्ट्रिय युवक संगठन।

राष्ट्रिय सभागृहमा आयोजित दोहोरी प्रतियोगितामा बीमाकुमारीको समूह तेस्रो भयो। सँगै आएका साथीहरूले भने, ‘आएको बेला रेडियो नेपालको चौतारी कार्यक्रममा पनि जाऔं न !’

‘चौतारी’ लोकगीतसँग सम्बन्धित निकै लोकपि्रय कार्यक्रम थियो।

रेडियोमा लोकदोहोरी गायक एवं संगीतकार नारायण रायमाझीसँग भेट भयो। उनले बीमाकुमारीलाई भने, ‘बहिनीको स्वर राम्रो रहेछ। गीत रेकर्ड गराउनुपर्‍यो।’

‘छोरीको जुनी’ बोलको गीत रेकर्ड गराएर गाउँ फर्किइन् बीमाकुमारी।

त्यसबेला रेडियो नेपालले देशव्यापी लोकगीत प्रतियोगिता आयोजना गथ्र्यो, प्रजातन्त्र दिवसको अवसरमा। सोही प्रतियोगिताका लागि बीमाकुमारी दोस्रो पटक काठमाडौं आइन्, २०४७ सालमा। प्रतियोगितामा उनी प्रथम भइन्।

‘त्यसपछि रेडियोमा धेरै गीतहरू रेकर्ड भए’ बीमाकुमारी भन्छिन्, ‘थोरबहुत कमाइ र कामले गर्दा काठमाडौंमै बस्नुपर्ने भयो।’

शुरुआती दिनमा उनी आफन्तको डेरामा शरणागत भइन्। सोही बखत आफ्नै पहिलो अल्बम ‘छुट्यो मायाजाल’ सार्वजनिक गरिन्, जुन सबभन्दा बढी बिक्नेमा पर्‍यो।

प्रकाशित मिति: : 2021-09-04 21:50:00

प्रतिकृया दिनुहोस्