बिदा जर्नेल, तिम्री छोरीलाई अभिवादन भनिदेऊ

उनलाई चंगाहरूको रंगीन नृत्यको बारेमा भन मानौँ तिनीहरू आकाशका कानमा लगाउने रिङहरू हुन्।

उनलाई अफगान खानाको स्वादको बारेमा भन जुन स्वाद मीठो साहसजस्तो छ।

सबै ऐनाहरू एक्वारियम हुन् भन माछाका लागि

जो बालबालिकाका ओठहरूमा मुस्कुराउँछन्

सत्य कुरा नभन,

तिमीले सपनालाई गोली हानेको कुरा नभन

मानव अधिकार र बालबालिकाका लागि

तिमीले नयाँ चिहान बनाएका छौ भनेर नभन

अफगानिस्तानमा अमेरिकाकाे वास्तविकताको बारेमा कुनै कुरा नभन

कुटनीतिज्ञहरूलाई सडकको रगत उनीहरूको जिब्रोले बढार्न देऊ

बालबालिकालाई प्रजातन्त्र हवाइजहाजबाट खसेको विषयमा केही नभन

भावनालाई सडेको पानीले भरिएकाे खाडलमा धकेलेको बारेमा नभन

बालबालिकालाई टाढा राख्न तिमी चिच्याएको बारेमा नभन

अमेरिकी बालबालिकाहरू डराउँनेछन्

अनि उनीहरूले तिम्रो मानवताको विषयमा शङ्का गर्नेछन्

केवल यत्ति भन‘: हाम्रो युद्ध सकियो, अब हामी नयाँ खेल खेलौँ।’

 

प्रकाशित मिति: : 2021-09-04 15:49:00

प्रतिकृया दिनुहोस्