‘रेप्लिका’ अर्थात् प्रतिमूर्ति : साजसज्जा मात्र कि सम्पदामाथि अतिक्रमण ?

हनुमानढोका दरबार घुम्न जाने स्वदेशी–विदेशी पर्यटकले बुढानीलकण्ठको रेप्लिका हेर्न पाउँछन्, जुन राजा प्रताप मल्लले बनाउन लगाएको इतिहासकार त्रिरत्न मानन्धर बताउँछन्।

मानन्धरका अनुसार राजाहरूले बुढानीलकण्ठको दर्शन गर्न नमिल्ने विश्वासका कारण पूजा आराधनाका लागि हनुमानढोका दरबारभित्र रेप्लिका बनाइएको हो। मल्लकालमै बुढानीलकण्ठको अर्को रेप्लिका हालको बालाजु उद्यानमा पनि बनाइएको छ, जहाँ शाहवंशीय राजाहरूले पूजा आराधना गर्थे। बुढानीलकण्ठको मूर्ति भने लिच्छछवीकालमा निर्माण भएको प्रमाणित भइसकेको मानन्धर बताउँछन्।

रेप्लिका अर्थात् कुनै पुरातात्त्विक वस्तुको प्रतिकृति वा प्रतिमूर्ति। विशेषतः रेप्लिका मूूर्ति तथा मठमन्दिरकै बढी बनाइने गरेको छ। यद्यपि, मूर्तिहरूको रेप्लिका भने ३०–४० वर्षअघि मात्र बन्न थालेको इतिहासकार मानन्धर बताउँछन्। तर, मन्दिरकै रेप्लिका बनाउने चलन लामो समय अघिदेखि चलिआएको छ। उदाहरणका लागि मल्लकालमा बनेका मठमन्दिरहरू।

मल्लकालमा उपत्यकाका तीन राज्य भक्तपुर, कान्तिपुर र पाटनले अर्को राज्यमा रहेका उत्कृष्ट कलाकृतिको देखासिकी गरी रेप्लिका बनाउने गर्थे। जस्तै– भक्तपुरमा यक्ष मल्लले बनाएको यक्षश्वर मन्दिर, जसलाई काठमाडौंस्थित पशुपतिनाथको रेप्लिका मानिन्छ। यस्तै, पाटनको कृष्ण मन्दिरको रेप्लिका पनि भक्तपुरमा छ।

प्रकाशित मिति: : 2021-09-04 15:18:00

प्रतिकृया दिनुहोस्