कर्णालीका हटारूको ‘हाट जान्या र भोट जान्या’ कथा

सेतोपाटी

काठमाडौँ

मनाव सभ्यताको उदयसँगै वस्तु विनिमय मानव जीवन पद्दतिको एउटा अभिन्न अंग थियो। ढुङ्गेयुगदेखि मानव समूहमा बस्ने गर्थे, घुमन्ते र फिरन्ते जीवन ब्यतित गर्दा एकअर्काबीच मासुसँग हातहतियारको साटासाटबाट प्रारम्भ भएको वस्तु विनिमय, पछि कृषि युगहुँदै मुद्राको प्रचलन नहुँदासम्म विश्वका प्रायः मुलुक चलिरह्यो।

जसरि अहिले विश्व ब्यापीकरणसँगै एक देशमा उत्पादित वस्तु बडेमानको पानिजहाज तथा हवाइमार्ग र रेलमार्गद्धारा सात समुद्र पारि लगिन्छ। त्यसरिनै त्यतिबेला महिनौ दिनको लामो यात्रा गरेर वस्तुभाउको लावालस्कर (क्याराभान ट्रेड) गरेर एक ठाउँको उत्पादित वस्तु अर्को ठाउँको वस्तुसँग विनिमय हुन्थ्यो।

इतिहासको एक कालखण्डमा कर्णाली सम्बृद्ध थियो। खस साम्राज्यको भैवब काठमाडौं (नेपाल) उपत्यकासम्म थियो। खस साम्राज्यको उद्‌गम भूमि होस या नेपाली भाषाको उदगमभूमि, कर्णालीको एउटा आफ्नै विराट इतिहास थियो। 

प्रकाशित मिति: : 2021-09-04 09:59:00

प्रतिकृया दिनुहोस्