जहाँ शिक्षकले विद्यार्थीलाई मोबाइलमा फोन गरेर पढाउँछन् (भिडियोसहित)

शिलापत्र

दिनेश गौतम

प्युठानको माण्डवी गाउँपालिका नयाँ गाउँस्थित श्री माण्डवी माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत अञ्जु सुनारको मोबाइलमा बिहान ९ बजे घण्टी बज्छ। उनको मोबाइलमा बजेको यो घण्टी साथी वा अरु कसैले गरेको हुँदैन, विद्यालयबाट आएको हुन्छ। कोरोना महामारीका कारण भौतिक रूपमा कक्षा सञ्चालन नभएपछि इन्टरनेटको पहुँचबाहिर रहेका विद्यार्थीलाई शिक्षक-शिक्षिकाले फोनबाट पढाउने गरेका छन्। 

‘कोरोनाले स्कुल बन्द भएपछि मोबाइलबाट पढ्ने गरेका छौँ। सर मिसले फोन गर्नुहुन्छ,’ अञ्जु भन्छिन्, ‘घरमै बसेर मोबाइलबाट पढाएको राम्रोसँग बुझिएको छ। फोनबाट पढ्दा कोरोना लाग्ने डर पनि हुँदैन।’ विद्यालयमा जस्तै दिउँसो साढे चार बजेसम्म उनी फोनबाटै पढ्छिन्। 

 

प्रकाशित मिति: : 2021-09-03 18:51:00

प्रतिकृया दिनुहोस्