प्रधानन्यायाधीश आफैंले टुङ्गयाए, इजलासले ब्यूँतायो

अनलाइनखबर

कृष्ण ज्ञवाली

सर्वोच्च अदालतले बहालवाला प्रधानन्यायाधीश विदामा बसेका बेला संवैधानिक इजलास सञ्चालन हुन सक्छ कि सक्दैन भन्ने विषय ‘न्याय निरुपण योग्य देखिएको’ भन्दै शुक्रबार (१८ भदौ २०७८) देखि शुरु हुने संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिको मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएको छ।

प्रधानन्यायाधीश विदामा बसेका कारण वरिष्ठतम न्यायाधीशले कामू प्रधानन्यायाधीशको हैसियतमा संवैधानिक इजलासको नेतृत्व गर्न पाउँदैनन् भन्ने दावीसहित परेको रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्चले अन्तरिम आदेश दिएर सुनुवाइ रोकेको हो।

यो आदेशपछि प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्ने संवैधानिक प्रावधानको पालना गर्नुपर्ने वा ‘आफ्नो मुद्दामा आफैं न्यायाधीश बन्न मिल्दैन’ भन्ने न्यायको मान्य सिद्धान्त अबलम्बन गर्नुपर्ने मध्ये कुनै एक विकल्प रोज्ने विषयमा न्याय निरुपणबाट टुंगिने देखिन्छ।

प्रकाशित मिति: : 2021-09-02 20:21:00

प्रतिकृया दिनुहोस्