जब डण्डराजले ३५ वर्षपछि आफ्नै घरको आँगन टेके

थाहा खबर

राजु पौडेल

हराएको खुशी पाउनु चानचुने कुरा होइन्। त्यसमाथि आशा मारिसकेको व्यक्ति पुन: सम्पर्कमा आयो भनेत्यो भन्दा खुशीको क्षण अर्को के हुन् सक्छ?

नेपालमा अझै कति व्यक्ति घर र परिवारसँग बेखबर छन्। सन्तान आउने आशामा बाबुआमा कुरेर बसेका छन्। परिवारसँग बेखवर बेपत्ता व्यक्ति परिवार भेट्ने आशामा छन्।

खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी  नगरपालिका-७ चिउरीडाँडाका डण्डराज खनालले  ३५ वर्षपछि आफूलाई जन्मदिने बुबाआमा भेटे। दाजुभाइ भेटे। आफ्नो गाउँ टेके।

बुधबार भेट्दा उनी हिन्दी लवजमा भन्दै थिए, 'जीवन भनेको भाग्यको खेल रहेछ। भाग्यमा जे छ त्यहि पाउने हो। भोग्ने हो।'

वि.स २०४२ सालतिर डण्डराज खोटाङबाट पढ्न धरान पुगे। तर, उनलाई घर फर्कन करिब ३५ वर्ष लाग्यो।

घर छोड्दा उनी १२ वर्षका थिए। अहिले उनी ५० वर्षको वरिपरि छन्। यो बिचमा उनले आफ्नो घर खोज्न गरेको संघर्ष र जीवनको उतारचढाव कम्ती दु:खद र रोचक छैन।

प्रकाशित मिति: : 2021-09-02 11:27:00

प्रतिकृया दिनुहोस्