बेलायतलाई युद्धमा हराउने त्यो अफगानिस्तान

शिलापत्र

राेहेज खतिवडा
१३ जनवरी १८४२ मा जलालाबादमा सहायक सर्जन विलियम ब्रायडनकाे आगमनकाे चित्रण गर्दै एलिजाबेथ बटलरले बनाएकाे सेनाकाे अवशेष । स्राेत- एलिजावेथ थम्पसन।
१३ जनवरी १८४२ मा जलालाबादमा सहायक सर्जन विलियम ब्रायडनकाे आगमनकाे चित्रण गर्दै एलिजाबेथ बटलरले बनाएकाे सेनाकाे अवशेष । स्राेत- एलिजावेथ थम्पसन।

 

दूरबिन सुरक्षित राख्नुभएको छ नि ? छ भने अब निकाल्नुस् है। अफगानिस्तानको इतिहास हेर्ने भूराजनीतिको दूरबिन लिएर अब हामी चौथो यात्रा गर्नेछौँ।

बिहीबार साँझ राजधानी काबुलको अन्तर्राष्ट्रिय विमानस्थलनजिकै बम विस्फोट भएको थियो। यो विस्फोट आफूले गराएको आईएसआईएस सम्बद्ध आइएस-केले दाबी गरेको थियो। यसपछि पनि अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को आक्रमण हुन सक्ने चेतावनी दिइरहेका थिए।

अघिल्लो लेखमा हामीले फेरि त्यस्तो विस्फोट नहोस् भनेर कामना गरेका थियौँ तर त्यही साँझ विस्फोट भयो। विस्फोटमा दुई जनाको मृत्यु भएको छ।

बिहीबारको विस्फोटमा १३ अमेरिकी सैनिकसहित ७० अफगान नागरिक मारिएका थिए। यसलगत्तै अमेरिकी सेनाले ड्रोनमार्फत आईएसकेलक्षित आक्रमण गरेको थियो। यो आक्रमणमा बिहीबारको विस्फोटनका मुख्य योजनाकार मारिएको अमेरिकाले दाबी गरेको छ। अफगानिस्तानको सरकारमा रहेको तालिबानले पनि यसको पुष्टि गरेको छ।

के अमेरिकाले तालिबानसँग मिलेर अफगानिस्तानमा अर्को युद्ध सुरु गरेको हो ? फेरि आईएसकेको नाममा अफगान भूमिमा अमेरिकी कारखानमा उत्पादन भएका बम पड्किरहनेछन् ? बन्दुक र गोली चलिरहनेछन् ? अमेरिकी कारखानामा बनेका लडाकु जेट अफगानी आकाशमा उडिरहनेछन् ? यसका लागि केही समय पर्खनैपर्ने हुन्छ।

प्रकाशित मिति: : 2021-09-02 11:13:00

प्रतिकृया दिनुहोस्