पुट्ट लागेको भुँडी घटाउन दैनिक १० मिनेटको कसरत

सेतोपाटी

काठमाडौं

व्यस्त दैनिकी, तनाव र अव्यवस्थित खानपान आधुनिक सहरीया जीवनको अभिन्न अंग जस्तै हुन्। यिनै तीन कारण हुन् जसले हामीलाई अस्वस्थ बनाउँदै लगेका छन् र हाम्रो शरीरलाई रोगको घर बनाउँदै छन्। 

पछिल्लो समय उच्च रक्तचाप, कोलस्ट्रोल, मधुमेहजस्ता रोग सामान्य भइसकेका छन्। 

यसको अर्को कारण पनि छ- हामी स्वादे जिब्रोको बहसमा छौं। तलतल थाम्न सक्दैनौं। जिब्रोलाई मीठो–मीठो चिज खुवाएर पुल्पुल्याउँछौं। शरीरलाई परिश्रमबाट जोगाएर पुल्पुल्याउछौं। शरीर र जिब्रो जति पुलपुल्यायो त्यति मात्तिन्छ।

एकै ठाउँ बसी–बसी काम गर्ने सहरीया शरीरलाई व्यायाम पुग्दैन। 

परिणाम– उमेर ढल्किँदै जाँदा हाम्रो शरीरमा रोगले गुँड लगाइसकेको हुन्छ।

उसो भए गर्ने के त- खानै छाड्ने? सहरै छाड्ने? तनाव भयो भनेर कामै छाड्ने?

होइन। खानपिन र शारीरिक परिश्रमको उचित संयोजन गर्ने। आज यो लेखमा हामी शारीरिक परिश्रमको कुरा गर्नेछौं।

धेरैलाई लाग्ला-शारीरिक परिश्रम गर्ने समय कहाँ पाउनु, जाँगर कहाँबाट जुटाउनु?

प्रकाशित मिति: : 2021-09-02 08:28:00

प्रतिकृया दिनुहोस्