सनीराज शाक्य
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइदै छ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। आजकाे दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ।
त्यस्तै, काेराेना कहरका बीच यसवर्ष पनि ललितपुरकाेे पाटनस्थित कृष्ण मन्दिरमा विहानैदेखि भक्तजनकाे भीडभाड लागेकाे छ। काेराेनाकाे जाेखिम कायमै रहेका कारण मन्दिर व्यवस्थापन समितिले प्रवेशमा निषेध गरेर पनि बाहिरैबाट पूजा–आराधना गर्नेहरूकाे उल्लेखय उपस्थिति रहेकाे थियाे।
विगतमा जस्ताे धेरै मानिसहरूकाे उपस्थिति नभए पनि केही मानिसहरू भने काेराेनाकाे प्रवाह नगरी पूजा–आराधनाकाे लागि आएकाे मंगल टाेल सुधार समितिका अध्यक्ष किरनमान प्रधानले बताएका छन्।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया