टीसर्ट लगाएका युवकको संवैधानिक इजलासमा ‘नपत्याउँदो’ बहस

देशसञ्चार

काठमाडौं

नेपालमा पीडितले समयमै न्याय पाउँदैनन् भन्ने कुरा नयाँ होइन। अड्डा अदालत धाएको वर्षै वर्षसम्म पनि मुद्दा छिनिएर न्याय नपाएका थुप्रै दृष्टान्त हाम्रै वरपर छन्। त्यस्तै नियति भोगका छन् बैतडी मेलौली नगरपालिका २ का ६८ वर्षे खडग चन्दले।

आफ्नो छुट जग्गा दर्ता गर्न २०६१ साल पुसमा मातपोत कार्यालय बैतडीमा निवेदन दिएका चन्दले अझै न्याय पाएका छैनन्।

मालपोत ऐन २०३४ दफा ७ अनुसार छुट जग्गा दर्ताका लागि निवेदन परेको दुई वर्षभित्र जग्गा दर्ता गरिसक्नुपर्ने वा नगर्ने भए के कारणमा गर्न नमिलेको हो त्यसको कारण खुलाएर निवेदकलाई जानकारी दिनुपर्ने व्यवस्था छ। तर मालपोत कार्यालय बैतडीले १६ वर्षसम्म चन्द्रलाई न जग्गा दर्ता गरेर लालपुर्जा दियो न दर्ता हुन नसक्नुको कारण नै।

मालपोत कार्यालयको यस्तो व्यवहार विरुद्ध चन्दले सम्बन्धी कर्मचारीविरुद्ध कारबाही गरिपाउँ विभिन्न निकायमा उजुरी दिए। तर आफ्नो जिम्मेवारी पूरा नगर्ने कर्मचारी विरुद्ध कारबाही गर्न कुनै पनि निकायले मानेनन्।

प्रकाशित मिति: : 2021-08-29 20:16:00

प्रतिकृया दिनुहोस्