काबुल विमानस्थल बाहिर विस्फोट गराउने इस्लामिक स्टेटविरूद्ध अमेरिकाले गर्‍याे ड्रोन हमला

Photo : Reuters
Photo : Reuters

अफागानिस्तानको काबुलस्थित विमानस्थल बाहिर बिहिबार विस्फोट गराउने इस्लामिक स्टेट समूहविरुद्ध अमेरिकी सेनाले ड्रोन हमला गरेको छ।

उक्त ड्रोन हमलामा बिहिबार विस्फोट गराउने लडाकुहरुको समूहलाई प्रमुख निशाना बनाइएको छ। हमलामा विस्फोटको योजनाकारको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ।

विमानस्थलबाट अमेरिकी सेना जानबित्तिकै तालिबाले कब्जा गर्ने बताइरहँदा यो घटना घटेको हो। बिहिबारको विस्फोटमा १७० जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए।

हाल विमानस्थलमा सुरक्षाको लागि पाँच हजारभन्दा बढी अमेरिकी सेनाहरु परिचालन गरिएको बताइएको छ। 

प्रकाशित मिति: : 2021-08-28 12:44:00

प्रतिकृया दिनुहोस्