बेहोसीपन

म कहिलेकाहीं होसमा हुन्न
तब तिम्रो साथमा मग्न हुन्छु,
त्यसैत म बेहोसीपन चाहन्छु
मलाई 'होसमा आँउ' भनी नभन,
मलाई बेहोसीपनमै रहन मन छ
मलाई तिम्रो साथमै रम्न मन छ।

होसमा ज्यूँन  कसैको साथ चाहिन्न
बेहोस तिम्रो साथको बहाना मात्र हो,
तिमीले बुझ्नै सकिनौ मेरो बेहोसीपन
यसैमा तिम्रो साथ अनि याद थियो,
यति त हो मेरो जीवन यन्त्रको अर्थ
फेरि पनि होसमा आउ भनी नभन। 

होस आफैमा ब्यर्थ छ तिमीबिना,
तिमी जहाँ छौ, त्यहाँ मेरो बेहोसीपन
म आफैसँग मुघ्ध छु केवल यादमा,
तिम्रो आभाष मात्रमा रहन मन छ
यसैमा तिम्रो याद र साथ रहेको छ,
यसैले फेरि होसमा आउ भनी नभन
बेहोसीपनमै तिम्रो यादमा रम्नु छ। 

मेरो बेहोसीपनमा म एक्लो छैन
तिमी म भित्र आउने गरेकी छौ,
म भित्र गुनगुनाउने गरेकी छौ
यसैमा म आफैमा नाचिदिन्छु,
यसरीनै म आफैमा बाँचिदिन्छु
यसैले म बेहोसीपनमा रहन्छु
तिम्रो साथमा आफैमा बाँचिदिन्छु।

प्रकाशित मिति: : 2021-08-28 10:30:00

प्रतिकृया दिनुहोस्