सेयर बजारमा आज हरियाली, हाइड्रो र विकास बैंक चम्किए

साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजारमा हरियाली देखिएको छ।

नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार मापक नेप्से परिसूचक १७.५७ अंकले बढेर ३०९४.०१ मा पुगेको छ। नेप्से ०.५७ प्रतिशतले बढेको हो। यस्तै सेन्सेटिभ परिसूचक ३.४० अंकले बढेर ५७१.३९ मा पुगेको छ।

यस साता कारोबार भएको अघिल्ला दुवै दिन अर्थात् मंगलबार र बुधबार सेयर बजार निरन्तर घटिरहेको थियो। सेयर बजार घट्दा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा देखिएका थिए। फेरि सेयर बजारमा हरियाली देखिँदा लगानीकर्ताहरू पनि उत्साहित छन्।

कूल २३२ वटा कम्पनीको २ करोड १६ लाख ९० हजार ५ सय ८५ कित्ता सेयर खरिदबिक्री हुँदा १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७ सय ९२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

कारोबार भएका कुल १३ उपसमूहहरु मध्य ५ ओटाको सेयर उकालो लागेको छ भने अरु सबैको सेयर आज ओरालो लागेका छन्। आज विकास बैंकहरुको २४१.६५ ले बढेर सकारात्मक सर्कीट लाग्दा सबैभन्दा धेरै जीवन बीमा समूहहरुको १५४.६४ ले गुमेको छ।

कारोबारका आधारमा आज अरुन भ्याली हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा रहेका छन्। सो कम्पनीको ९३ करोडबराबरको कारोबार भएको छ।

आज बजार दोहोरो अंकले वृद्धि हुँदा आँख्खु खोला जलविद्युतलगायतको सेयरमा १०र१० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो। गुडवील फाइनन्स लिमिटेडको ३.९५ प्रतिशतले गुमाएको छ।

प्रकाशित मिति: : 2021-08-26 16:10:00

प्रतिकृया दिनुहोस्