बालबालिकामा मोटोपनको ‘महामारी’

हिमाल खबर

कौशिला कुँवर र रामु सापकोटा

घरका पौष्टिक खानेकुरा छाडेर बजारका जंक फूड खाने प्रवृत्तिका कारण बालबालिकाहरू मोटोपनको शिकार मात्र भइरहेका छैनन्, उनीहरूको शारीरिक विकासमै असर परेको छ।

काठमाडौंका हर्क लामाका १० वर्षे छोरा छन्। तर, उमेरको तुलनामा उनको शारीरिक तौल अस्वाभाविक बढी छ। अहिले ६० केजी तौल रहेका छोरा चलाख र फूर्तिलो नभएको लामा बताउँछन्। 

स्वस्थ व्यक्तिको तौल उमेर र उचाइ अनुसार मिल्नुपर्छ। अमेरिकी संस्था डिसेबल्ड वर्ल्ड अनुसार, १० वर्षको बालकको औसत तौल ३२ र बालिकाको ३१ केजी हुनुपर्छ। यस अनुसार, लामाका १० वर्षे छोराको तौल ३२ केजी हुनुपर्ने हो। तर, उनको तौल निर्धारित मापदण्डभन्दा झन्डै दोब्बर बढी छ।

लामाका अनुसार, उनका छोरा सानैदेखि बजारका जंक फूड अर्थात् पत्रु खाना बढी खान्थे। “घरमा पकाएका खानेकुरा खान नमानेपछि छोरा भोकै होला भनेर बाहिरका तयारी खाना दियौं,” लामा भन्छन्, “मोटोपन बढेपछि डाक्टरलाई देखाउँदा बजारका अस्वस्थकर खाना बढी खाएकाले तौल बढेको थाहा भयो।” 

 

प्रकाशित मिति: : 2021-08-25 16:56:00

प्रतिकृया दिनुहोस्