नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले दिए राजीनामा

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन्।

गत महिना उनले सर्वोत्तम सिमेन्टको ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतीको नाममा सेयर किनेपछि सीईओ साउद विवादमा परेका थिए।

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको उपस्थितिमा उनले अर्थ मन्त्रालयमा मंगलबार राजीनामापत्र बुझाए। उनले एक विज्ञप्ति जारी गर्दै आफूले कानून अनुसार नै सेयर किनेको र  पदीय मर्यादाविपरीत काम नगरेको दाबी गरेका छन्।

कार्यकाल अझै करिब २ महिना मात्रै बाँकी रहदा रहदै पनि उनले उनले राजीनामा दिएका हुन्।

प्रकाशित मिति: : 2021-08-24 17:48:00

प्रतिकृया दिनुहोस्