काबुलबाट युक्रेनी विमान अपहरण भएको रुसी मिडियाको दाबी

अफगानिस्तानको राजधानी काबुलमा एक युक्रेनी विमान अपहरणमा परेको छ।

काबुलबाट आफ्ना नागरिक फिर्ता लैजान गर्दा विमानको रुट इरानतर्फ डाइभर्ट गरिएको रुसी समाचार एजेन्सी टीएएसएसले जनाएको छ।

युक्रेनका उप–विदेशमन्त्री येभगेनी येनिनलले युक्रेनी नागरिक बाेकेर विमान अपहरण गरिएकाे समेत दाबी गरेका छन्। उनले भने, 'युक्रेनी नागरिककाे उद्धारका लागि काबुलबाट पुगेकाे विमान अपहरण गरी इरान लगिएको छ।'

तर युक्रेनी अधिकारीहरूले विमान अपहरणकाे समाचार अस्वीकार गरेको तेहरान टाइम्सले जनाएकाे छ। ती अधिकारीले यसअघि युक्रेनका उप–विदेश मन्त्रीकाे भनाइमाथि खण्डन गरेका छन्।

अफगानिस्तानको राजधानी काबुलबाट ३१ युक्रेनी नागरिकसहित ३३ यात्रु सैन्य विमानमा सवार रहेकाे बताइएकाे छ।

प्रकाशित मिति: : 2021-08-24 14:40:00

प्रतिकृया दिनुहोस्