बढ्यो सुनचाँदीको मूल्य

आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ।सोमबारको तुलनामा आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँ कायम भई कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

साताको दोस्राे दिन सोमबार छापावाला सुनको मूल्य ९१ हजार १ सय रुपैयाँ कायम भई कारोबार भएको थियो। आज तेजावी सुनको मूल्य भने ९१ हजार १ सय रुपैयाँ रहेको छ।

यता आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १२ सय रुपैयाँ कायम भएको छ। सोमबार भने प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: : 2021-08-24 11:56:00

प्रतिकृया दिनुहोस्