टीकापुर घटनाको ६ वर्ष: मुद्दा बनिरहे रेशम, न्याय पाएनन्

आयोमेल

धैर्यकान्त दत्त

संविधानसभाबाट पहिलोपटक संविधान जारी हुने तयारी भइरहँदा मधेश आन्दोलन चर्किसकेको थियो। उग्र भइसकेको आन्दोलनमा प्रहरीका गोलीहरू बर्सिइरहेका थिए। पश्चिममा भने ‘थरुहट’ आन्दोलनको आगो बलिसकेको थियो।

‘थरुहट/थारुवान’ राज्यको माग गर्दै पश्चिम तराईमा आन्दोलन चलिरहेको थियो। यो आन्दोलन २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा उग्र भयो।

क जना दूधे बालकको गोली लागेर मृत्यु भयो। नेपाल प्रहरीका एक जना एसएसपीसहित ८ प्रहरीको ज्यान गयो। थारुहरूका घर जलाइए। र, टीकापुर हत्याकाण्डका मुख्य दोषी बनाइए रेशम चौधरी तथा लक्ष्मण थारूहरू। टीकापुर हत्याकाण्डका मुख्य आरोपी बनाइएका रेशम र लक्ष्मणहरूलाई आजीवन काराबासको सजाय सुनाइयो।

रेशम अहिले पनि सदरखोरमा जेल जीवन बिताइरहेका छन् भने लक्ष्मणहरू फरार छन्।

प्रकाशित मिति: : 2021-08-23 20:20:00

प्रतिकृया दिनुहोस्