महेश नेपाली
दश महिने बच्चाकाे अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई शनिबार सुर्खेत प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा जुम्लाको हिमा गाउँपालिका -३ जुम्लाका २५ वर्षीय दानबहादुर रोकाया छन्।
शनिबार दिउँसो २ः ३० बजे सुर्खेत प्रहरीले अभियुक्त राेकायालाई एयरपोर्ट चोकबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसन्धान अधिकृत एवं प्रहरी निरीक्षक कनकबहादुर शाहीले पक्राउ परेका अभियुक्त रोकायाले बच्चा आफूले लिएको स्वीकार गरिसकेको बताए।
उनले भने, 'उनले बच्चा अपहरण गरेर अपरिचित मान्छेलाई दिएकोले अहिले आफूसँग नभएको बयान दिएका छन्।' जुम्लाका डिएसपी दानबहादुर थापाले पनि पीडित परिवारले भदौ ३ गते रातिदेखि बच्चा हराएको भनेर निवदेन दिएको बताए।
'घटना निकै गम्भीर र संवेदनशील थियाे,' उनले भने, 'अनुसन्धानको क्रममा भएकोले अहिले नै यो हो भन्न सकिने स्थिति छैन। हामीले विभिन्न दृष्टिकोणबाट यसको अनुसन्धान गरिरहेका छौं'
बलात्कारपछि जन्मिएकाे थियाे बच्चा
अपहरित शिशु अभियुक्तकाे बलात्कारका कारण सोही वडाकी १९ वर्षीय किशोरीबाट जन्मेको थियो। रोकायाले बलात्कार गर्दा किशोरी १८ वर्षकी थिइन्। किशोरीले उक्त बच्चालाई गत वर्ष कार्तिक महिनामा जन्म दिएकी थिइन्।
यस वर्ष राहदेव मावि मोफ्लाबाट माध्यमिक शिक्षा परीक्षा दिएकी किशोरी अहिले १९ वर्षको भएको उनका बाबु शक्तिबहादुर कठायतले बताए।
जबर्जस्ती मिल्नलाई दबाब
अपहरित बच्चाका बाजे कठायतका अनुसार अभियुक्त राेकायाले छोरीलाई गाउँपालिकामा तालिम दिन्छु भनेर जबरजस्तीकरणी गरेका कारण बच्चा जन्मेको थियाे।
पीडितहरुकाे कमजोर पारिवारिक पृष्ठभूमि देखेका अभियुक्तले जहाँबाट भए पनि दमन गर्ने प्रयास गरिरहेकाे उनले बताए। उनले बच्चा जन्मिएपछि जबरजस्ती मिलाउन दबाब दिइरहेका थिए भने नमिले धम्क्याउने, हाेच्याउने लगायतका गतिविधि गरिरहेका थिए।
अपहरणकाे डिजाइन
भदौ ३ गते राति नाै बजेतिर घर नजिकैकाे पसलमा अपहरित बच्चाकी आमा बसिरहेकी थिइन्। अभियुक्त रोकाया त्यहीँ आएर बच्चाकी आमालाई 'तिम्री आमाले बोलाएकी छन्' भने।
त्यतिबेला उनी 'हतारमा आमाले मलाई किन बोलाउनु भयो हाेला' साेच्दै आमा भेट्न बच्चा छाेडेर आइन्। आमाले भने उल्टै 'नातीलाई छोडेर किन आइस्?' भनेपछि उनी हतार-हतार पसल पुगिन्। त्यतिबेलासम्म अभियुक्त राेकाया र बच्चा दुबै थिएनन्।
दाेषीलाई हदैसम्मको कारबाही गरिदिन पीडितकाे माग
बच्चा अपहरण गरि अभियुक्त फरार हुनेबित्तिकै प्रहरीलाई जानकारी दिएकी बच्चाकी आमाले बताएकी छन्। उनका अनुसार अभियुक्त रोकायाले नाटकीय ढंगबाट दश महिनाको बच्चा अपहरण गरे।
'बच्चालाई अपहरण गरेर बेपत्ता पार्नेलाई सरकारले कडा कारबाही गरिदेवस्,' उनले भनिन्, 'हामी पीडित त यसै छाैं, त्यसमाथि थप पीडा दिइरहेकाे छ।'
पक्राउ परेका अपहरणकारीलाई थप अनुसन्धानका लागि जुम्ला ल्याइने प्रहरीले जनाएकाे छ।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया