लुम्बिनी प्रदेश सभा सांसद अजय शाही र विमला वली पदमुक्त नहुने भएका छन्।
नेकपा (एमाले)ले ह्वीप उल्लंघन गरेको भन्दै शाही र वलीलाई दलबाट निष्कासन गरी पदमुक्त गर्न सिफरिश गरेको थियो। तर, लुम्बिनी प्रदेशसभा सचिवालयले भने उनीहरुलाई पदमुक्त गर्न नमिल्ने बताएको हो।
उनीहरुलाई पदमुक्त गर्न मिल्ने कुनै बलियो आधार नदेखिएको प्रदेशसभा सचिवालयको तर्क छ।
शाही यतिबेला गठबन्धनको सरकारमा सहभागी छन्। वली भने माओवादी केन्द्रमा गएको भनिए पनि पुनः एमालेमै रहेको बताइएको छ।