एमसीसीको बाटो आउला त अमेरिकी सेना ?

शिलापत्र

राेहेज खतिवडा

नेपालमा एमसीसीबाट अमेरिकी स्वार्थ के रहेछ भन्ने हामीले अघिल्लो लेखमा हेर्‍यौँ। यो लेखमा चाहिँ हामी एमसीसी र इन्डोप्यासिफिक रणनीति (आइपीएस) बीचको साइनो केलाउने छौँ। एमसीसीबारे चिनियाँ बुझाई हेर्नेछौँ। त्यसले हामीलाई केही अप्ठ्यारो पार्छ कि पार्दैन भन्ने आँकलन गर्नेछौँ।

एमसीसीको परियोजना कार्यान्वयन सम्झौतामा तत्कालीन अर्थमन्त्री युवराज खतिवडा र एमसीएका सम्झौता सञ्चालन उपप्रमुख एन्थोनी वेलचरले २०७६ असोजमा हस्ताक्षर गरे। यसपछि नेपालमा एमसीसी विवाद छताछुल्ल भयो। त्यससँगै एउटा प्रश्न उठ्यो, एमसीसी इन्डोप्यासिफिकसँग सम्बन्धित हो कि होइन ? अमेरिकी उच्च अधिकारीहरूले नै एमसीसी इन्डोप्यासिफिक रणनीति अन्तर्गत हो भन्दा पनि नेपालका केही अर्थशास्त्री, पत्रकार र मन्त्री/नेता होइन भनेर प्रमाणित गर्न लागी परेका थिए। कोरोना महामारी र सरकार परिवर्तनको खेल सुरु भएपछि यो विषय छलफलबाटै हराएको थियो।

अमेरिकाको इन्डोप्यासिफिक रणनीति र एमसीसी एकअर्कामा अन्तर्सम्बन्धित छन्। यी दुईबीचको साइनो के हो भन्ने बुझ्न पहिले इन्डोप्यासिफिक रणनीति के हो भन्ने बुझ्नु पर्ने हुन्छ।

प्रकाशित मिति: : 2021-08-22 10:30:00

प्रतिकृया दिनुहोस्