दिलिप कुवँर
नेपाली संगीतमा गीतकार डा. कृष्णहरि बरालको नाम कसलाई थाहा नहोला र ?
चार दशकदेखि आजसम्म उनले लेखेका गीतहरूले नेपाली स्रोता र दर्शकहरूको मन गुञ्जायमान छ। डा. बरालका सयौँ आधुनिक गीत र चलचित्रका गीतहरू चर्चित छन्।
उनले यति धेरै गीत लेखे कि गीतको संख्या आफैले गन्न छाडिदिए। करिब १५ सयभन्दा बढी गीत लेखेको र ती मध्ये करिब सात सयभन्दा बढी गीत रेकर्ड भएको उनी अनुमान लगाउँछन्।
उनका गीतमा स्व. स्वर–सम्राट नारायण गोपाल, प्रेमध्वज प्रधान, नातीकाजी श्रेष्ठ, तारादेवीदेखि पछिल्लो पुस्ता अब्बल गायकहरू राजेश पायल राई, दिपक लिम्बूलगायत थुप्रैले स्वर दिएका छन्। गीतकार डा. बरालका गीतहरूले सयौँ सेलिब्रेटी र आवाजहरू (गायक) जन्माएको छ।
उनका चर्चित गीतको सूची नै यति लामो छ कि डा. बराल आफै सम्झन सक्दैनन्। 'के भुल भयो र प्रिया', 'यी हल्लाहरु हुन्', 'पर्दा पछाडी', 'तिमी मान या नमान', 'यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छौ', 'म भक्त हुँ यो देशको', 'म मर्नेबेला तिमी चाहीँ आउनु (नाइ नभन्नू ल)', 'जुनको ज्योती ल्याएर दिन्छु पनि भन्न सक्दैन म (नाइ नभन्नू ल)', 'यी आँखामा तिमी छौ, यो मनमा तिमी छौँ (नाइ नभन्नू ल २)', 'पागल म बन्न सक्छु (रिदम)', 'के म तिम्रो होइन र (कोहिनुर)', 'म त अलपत्रै पर्छु तिमी नभएको बेला (प्रेमगीत)', 'मैले सोचेको जस्तै (प्रेमगीत)', 'मैले त्यै भएर मन पराको (हिम्मत)', 'जमाना खराब भो'लगायत उनका सयौँ गीतहरू चर्चित छन्।
मृत्युकाे मुखबाट फर्केपछि लेखेको गीत
डा. बराल सन् २०११ मा अमेरिका पुगेका थिए। त्यतिबेला ठूलो सडक दुर्घटना भयो। दुर्घटना हुनु उनको लागि दुर्भाग्य थियो भने दुर्घटनापश्चात पनि सफल उपचार भएर बाँच्न पाउनू भाग्य थियो।
'त्यतिबेला मृत्युको मुखबाट फर्केपछि मैले आफ्नै लागि एउटा गीत लेखे- 'मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन।' अन्ततः उक्त गीत चर्चित पनि बन्यो।
यी–यस्तै विषयमा अन्तरंग कुराकानीको लागि डा. बराललाई बिएल नेपाली सेवाले निमन्त्रण गरेको थियो। तर बरालले भने आफैले पाे आफ्नो निवासमा निमन्त्रण दिए। लगतै, उनको निवासमै पुगी गरेको अविष्मरणीय संगीत संवादः
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया