भारतको महाराष्ट्रमा सडक दुर्घटना हुँदा १३ मजदुरको मृत्यु

Photo - NDTV
Photo - NDTV

भारतको महाराष्ट्रमा शुक्रबार भएको सडक दुर्घटनामा कम्तीमा १३ मजदुरको मृत्यु भएको छ।

राज्यको बुलढाणा जिल्लास्थित समृद्धि राजमार्ग परियोजनाका लागि काम गर्ने मजदुरहरू बोकेको गाडी पल्टिँदा उनीहरूको मृत्यु भएको महाराष्ट्र प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते भएका अन्य मजदुरहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको एनडीटिभीले जनाएको छ।

गाडीमा १६ जना मजदुर सवार रहेको महाराष्ट्र सडक विभागले जानकारी दिएको छ।

सिन्खखेराजा तहसीलको ताधेगाउँ नजिकै भारी वर्षाका कारण दुर्घटना भएको बताइएको छ।

प्रकाशित मिति: : 2021-08-20 15:57:00

प्रतिकृया दिनुहोस्