बागमतीको प्रदेश प्रमुखमा शर्मा नियुक्त, प्रसाई पदमुक्त

बागमती प्रदेशका प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।

संविधानको धारा १६३ को उपधारा २ बमोजिम संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

त्यसअघि राष्ट्रपति भण्डारीले प्रदेश प्रमुखबाट विष्णुप्रसाद प्रसाईंलाई पदमुक्त गरेकी छन्। तत्कालीन केपी ओली नेतृत्वको सरकारले प्रसाईलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।

प्रसाईलाई संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख अनुसार पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-08-20 14:38:00

प्रतिकृया दिनुहोस्