२० महिनादेखि काबुलको होटलमा थुनिएका बालकुमार

सेतोपाटी

काठमाडौँ

युवराज श्रेष्ठ

मंगलबार चिजा श्रेष्ठको घर पुग्दा उनी फोनमा व्यस्त थिइन्।

'बुबालाई देख्न पाउनुभएन, आमा सधैं पिर मान्नुहुन्छ। तपाईं कति पैसा-पैसा भन्नुहुन्छ?' चिजा फोनमा भनिरहेकी थिइन्, 'अब कामसाम गर्नुपर्दैन, खुरूक्क नेपाल आउनु।'

अफगानिस्तान, काबुलस्थित एउटा होटलमा बीस महिनादेखि थुनिएका छन् उनका श्रीमान बालकुमार श्रेष्ठ। दलालले कामको लोभ देखाएर त्यहाँ लगेको यतिका समय भए पनि बालकुमारले अहिलेसम्म काम पाएका छैनन्।

तालिबानले अफगानिस्तान कब्जा गरेसँगै चिजालाई उनका श्रीमानको सुरक्षाको चिन्ताले गाँजेको छ। तर बालकुमारलाई अफगानी दलालले हालसालै संयुक्त राष्ट्र संघीय मिसनमा सुरक्षा गार्डको जागिर मिलाइदिने आश्वासन दिएका रहेछन्।

त्यही कुरा बालकुमारले चिजालाई भनेका थिए। महिनौं बिना काम थुनिएर बसेका श्रीमानले काम पाउने खबरले चिजालाई खुसी बनाएको छैन। टिभीमा अफगानिस्तानको दर्दनाक अवस्था नियालिरहेकी उनलाई श्रीमानको कुरा चित्त पनि बुझेको छैन। त्यहाँ कुनै पनि कामको पछि नलाग्न सम्झाइरहेकी छन्।

प्रकाशित मिति: : 2021-08-19 20:23:00

प्रतिकृया दिनुहोस्