पत्रकारलाई घटना सुनाउन पाए मैले न्याय पाउँथे भन्ने पीडितहरू किन आजकल पत्रकारसँग लुक्छन् ?

शिलापत्र

काठमाडौं

यही श्रावण १४ गते कान्तिपुर दैनिकमा समाचार छ, 'अझै घटेन बालविवाह' । समाचारमा उल्लेख भएअनुसार १० वर्षकी बालिकाको १७ वर्षका बालकसँग विवाह भएको छ । यस्तो क्रम अझै जारी छ । यो समाचार कालिकोटको हो, जसमा विवाह गरेका बालक र बालिका दुवैको नाम परिवर्तन गरी अर्कै लेखिएको छ । पालिका र वडा नम्बर पनि उल्लेख छ ।

श्रावण २४ गते नेपाल प्रेस अनलाइन लेख्छ,‘विवाहअघि नै बच्चा जन्मिएपछि किशोरीको विचल्ली, प्रेमी फरार ।’ यो समाचारमा पालिका वडा नम्बर मात्र होइन, किशोरी, किशोरीकी (सायद आमा) र भरखर जन्मिएको बच्चा एकसाथ भएको फोटो पनि छापिएको छ । तर, किशोरीको नाम परिवर्तन छ ।

२२ श्रावणमा लमजुङको एक समाचार कान्तिपुर दैनिकमा छापिएको छ । जुन समाचारअनुसार १३ वर्षकी एक किशोरीको काखमा ६ दिनको छोरी छन । उनको विवाह १० वर्षको उमेरमा भएको हो र अहिले छोरी पाइन । ती किशोरीको नाम, स्थायी ठेगाना र भरखर जन्मिएको बच्चाको फोटोसहित समाचार प्रकाशित छ ।

२१ श्रावणमा अन्नपुर्ण पोष्टको पहिलो पेजमा एक समाचार छ, ‘वडा अध्यक्षले पिटे, प्रहरीले मगायो पीडितलाई माफी ।’ यो समाचार जाजरकोटको हो र यो प्रायः सबै सञ्चार माध्यममा आएको छ । पिटिएको भिडियो पनि सामाजिक सञ्जालमा यत्रतत्र छ । सञ्चार माध्यममा पनि आयो । कति अनलाइनहरूले पीडितले रक्सी खाएर होहल्ला गरेको कारण वडा अध्यक्षले सम्झाईबुझाई  गरेको,‘हल्का’ अर्थात् सामान्य पिटेको भनेर पनी लेखे । ती पिटाइ खाने किशोरको उमेर १८ वर्ष रहेछ ।

प्रकाशित मिति: : 2021-08-19 10:44:00

प्रतिकृया दिनुहोस्