'मर्ने बेला हरियो काँक्रो भनेर जिस्क्याउँथे, अहिले बधाइ दिन्छन्'

सेतोपाटी

काठमाडौँ

म्याग्दीकी भुलकुमारी रोकालाई नपढ्नु भनेको भुल बराबर लाग्थ्यो। धेरै ठाउँ पढाइकै कारण उनले 'ठक्कर' समेत खान परेको थियो।

४८ वर्षीया उनले धेरै पटक सुनेकी पनि थिइन्, 'पढेको र नपढेको मान्छेमा धेरै फरक हुन्छ।' कस्तो फरक भनेर उनलाई थाहा पाउन मन थियो।

जंगलमा घाँस–दाउरा खोज्न जाँदासमेत कापी बोकी हिँड्ने उनलाई पढ्ने–सिक्ने रहर थियो। तर घरायसी व्यस्तताले पढाइ छाड्नुपर्‍यो। १९–२० वर्षमा बिहे भयो। नयाँ घरमा बुहारी बन्दाको कर्तव्यले थिच्यो। पछि श्रीमान विदेश गए। तीन बच्चा हुर्काउँदा र घर सम्हाल्दा पढ्ने सपना सपनै भयो।

छोराछोरी स्कुल पढ्न जाँदा कहिलेकाहीँ उनी सोच्थिन्, 'यिनीहरूसँगै स्कुल जानुपर्छ कि क्या हो?'

फेरि सोच्थिन्, 'नानीहरूलाई पढाउने समयमा कहाँ आफू पढ्नु!' यस्तै अलमलबीच उनका धेरै वर्ष बिते।

२०७३ सालमा बेनीमा एउटा स्कुल खुल्यो, उज्यालो वैकल्पिक विद्यालय। प्रौढहरूलाई औपचारिक शिक्षाको पहुँचमा ल्याउन स्थापित उक्त स्कुलमा विशेषगरी १५ वर्षमाथिका महिला पढ्छन्।

प्रकाशित मिति: : 2021-08-19 06:31:00

प्रतिकृया दिनुहोस्