विभाजनको संघारमा एमाले

अनलाइनखबर

काठमाडौं

 

 प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै प्रमुख विपक्षी नेकपा एमाले फुटनजिक पुगेको छ।

दोस्रो तहका नेताहरुले सहमतिको प्रयास जारी राखेका छन्। तर अध्यक्ष केपी शर्मा र वरिष्ठ नेता माधवकुमार नेपाल एकअर्कालाई दोषी देखाउने, तर एकलौटी रुपमा अघि बढ्ने गरेकाले सहमतिको सम्भावना निकै कमजोर छ।

वार्ताकारहरुका अनुसार मंगलबार रातभरमा कुनै ‘चमत्कार’ भए एमाले तत्कालका लागि फुटबाट जोगिनेछ। नभए एमाले फुट्छ र माधव नेपालले नयाँ पार्टी बनाउने छन्।

अस्थिरता निम्त्याउने अध्यादेश

सोमबार ‘हतारहतार’ प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेका प्रधानमन्त्री देउवाले मंगलबार विहानै मन्त्रिपरिषद्को बैठक राखे।

प्रकाशित मिति: : 2021-08-18 05:56:00

प्रतिकृया दिनुहोस्