जीवनका दुईवटा गहना अखण्डता र आत्मसम्मान

थाहा खबर

काठमाडाैं

  डा. नम्रता पाण्डे

एकजना धनी व्यापारी थिए। आफ्नो पौरख‚ मिहिनेत र इमान्दारिताले जीवनमा चाहिने सम्पत्ति पनि जोडेका थिए। आफ्नो व्यापार व्यवसाय छोरालाई जिम्मा लगाएर सेवा निवृत्त जीवन बिताउन सुरु गरे।

त्यसपछि उनको सोख या दिनचर्या बनेको थियो– साँझ बिहान नित्यकर्म, योग, ध्यान र बगैंचामा टहलिने। आनन्द लिने अनि दिउँसो  एकजना सहयोगी साथमा लिने र दिनभर बजार घुम्ने अनि आफूलाई मन परेको वस्तु संग्रह गर्नु।

दिउँसो घरबाहिर निस्केपछि आफूलाई मन परेको सामान किनेर खुसीसाथ घर फर्कन्थे। एक दिनको कुरा हो‚ एउटा ऊँट उनलाई एकदमै मनपर्‍यो। त्यसको मूल्य पनि धेरै नै थियो। तर पनि उनले खुसी साथ ऊँट किने र त्यसमा चढेर घर फर्के।

बाटोमा जाँदै गर्दा सिटमुनि कुनै चिज बजेको, केही गह्रुङ्गो सामान भए जस्तो महसुस गरे र ऊँटबाट ओर्ले। यसो हेरे, नभन्दै एउटा पोको रहेछ जसमा बहुमूल्य हिरा र पत्थर रहेछन्। उनले आफ्ना सहयोगीलाई भने– मैले त ऊँट मात्र किनेको हो। यी बहुमूल्य गहनाको मूल्य तिरेको छैन। त्यसैले फिर्ता गर्नुपर्छ, म गएर फिर्ता गरेर आउँछु।

प्रकाशित मिति: : 2021-08-16 11:03:00

प्रतिकृया दिनुहोस्