शेरबहादुर देउवा सभापति र प्रधानमन्त्री दुवैमा ‘असफल’ हुन्

बाह्रखरी

काठमाडाैं

पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस अहिले सरकारको नेतृत्वमा छ ।

नीति–नियम र कानुन कार्यान्वयन गराउने स्थानमा छ । तर, आफ्नै वैधानिकतामाथि बहस पनि सो पार्टीभित्र तीव्र छ । संविधान, नियम र कानुनअनुसार अब कांग्रेस नेतृत्वको कार्यकाल सकिनै लागेको छ । तर, संस्थापन पक्ष महाधिवेशन सार्नुपर्ने अडानमा छ ।

संस्थापनइतर समूह महाधिवेशन जसरी पनि सम्पन्न गर्नुपर्ने अडानमा भए पनि स्पष्ट खाका दिन सक्ने अवस्थामा छैन । यसमा कसका स्वार्थ के होलान् त ? कांग्रेसको १४औँ महाधिवेशनले कस्तो परिणामको खोजी गर्दै छ भनेर हामीले कांग्रेसलाई नजिकबाट अध्ययन गरिरहेका विश्लेषक पुरञ्जन आचार्यसँग कुराकानी गरेका छौँ ।

प्रस्तुत छ, बाह्रखरीका बलराम पाण्डे र रमेश वाग्लेले आचार्यसँग गरेको कुराकानीको सम्पादित अंश :

संविधान, कानुन र आफ्नो विधानअनुसार अवैधानिक हुन लाग्दा पनि कांग्रेस नेतृत्व एकदम ‘कम्फर्टेबल’ देखिन्छ किन होला ? 
यो शेरबहादुर देउवाको स्वभाव हो । उहाँलाई कुनै पनि कुराको हतार हुँदैन । यसपटक प्रधानमन्त्री बन्न पनि उहाँलाई हतार थिएन । प्रधानमन्त्री बन्ने इच्छा पनि थिएन ।

पछिल्लो एक–दुई वर्षमा सामूहिक भेट भएको छ । तर, व्यक्तिगत कुराकानी भएको छैन । चुनावमा कांग्रेसको पराजयपछि यताका दिनमा उहाँसँग एक्लै कुराकानी भएको छैन ।

प्रकाशित मिति: : 2021-08-15 11:33:00

प्रतिकृया दिनुहोस्