मुक्तकको माध्यमबाट म्यान्मारको अवस्था वर्णन 

विष्णु पन्थी

याँगौं, म्यान्मार
Breaknlinks
Breaknlinks

(१)
आतङ्क कष्ट सन्त्रास फैलेको छ जताततै
महामारीले लाँदैछ ज्यानै मारी भताभतै
नपुगेर थपिंदैछ कलह गृहको पनि
संहार नरको होला मारिनेछन् जताकतै


(२)
बौद्धस्थल विश्वविख्यात लाखौं मन बहलाउने
शान्तिको खोजमा धाउने पर्यटक टहलाउने
हुँदैछ दैव के आज ? किन हो यो अधोगति ?
बन्दैछ रणभूमि पो शान्तिमय कहलाउने


(३)
दुःखी छन् जनता आज युद्धको छैन चाहना
टरून् आपद् विपद् दुवै सबैको यही कामना
दैवाधीन छ भूमि यो भविष्य अन्धकार छ
न्यायको अन्याय साथ पर्नेछ घोर सामना



विद्राेही नेताले भने– सैनिक शासन ढाल्न हतियार उठाएका हाैँ

‘दोस्रो नेपाल’ भनेर चिनिने 'नाम्टू' घना जङ्गलमा परिणत

सशस्त्र विद्रोही समूह ‘केआईए’मा गोर्खा बटालियन

 

प्रकाशित मिति: : 2021-08-14 13:33:00

प्रतिकृया दिनुहोस्