कागजमा युवालक्षित कार्यक्रमकाे चाङ, व्यवहारमा जहिल्यै छालछाम

शिलापत्र

रमेश भारती

‘खाद्य प्रणाली रूपान्तरण, मानव भू-मण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने नाराका साथ २२औँ अन्तर्राष्ट्रिय युवा दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। 

युवाका समस्यालाई सम्बोधन गर्ने प्रयासस्वरूप संयुक्त राष्ट्रसंघले सन् १९९९ मा हरेक वर्ष १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि याे दिवस मनाउन थालिएकाे हाे।

कोरोना महामारीका अघिल्लाे वर्ष यो दिवस पहिलाजसरी भाैतिक उपस्थितिमा कार्यक्रम गरी मनाइएन। नेपालमा सन् २००४ देखि हरेक वर्ष १२ अगस्टमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएकाे छ। 

युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषद्‌ नेपाली युवा वर्गकाे वृहत्तर हितमा क्रियाशील निकाय मानिन्छन्। सरकारले युवाका लागि वार्षिक विभिन्न मन्त्रालयअन्तर्गत ९ अर्ब रुपैयाँबराबरको बजेट विनियोजन गर्दै आएको छ। 

युवा दिवस मनाउन थालिएसँगै युवाका धेरै मुद्दा सम्बोधन गरिरहेको दाबी सरकारले गर्दै आएको छ। युवामै केन्द्रित भएर योजना र कार्यक्रम ल्याइरहेको युवा तथा खेलकुद मन्त्रालयकाे दाबी  छ।

प्रकाशित मिति: : 2021-08-12 09:15:00

प्रतिकृया दिनुहोस्