ओली-नेपाल अब एक्लै-एक्लै, समानान्तार गतिविधि एमालेकै ब्रान्डमा

नेपाल खबर

काठमाडौं

२४ गते बोलाएको केन्द्रीय कमिटी बैठक एक दिन पछि सर्दा पार्टी एकीकृत बनाउन दौडधूप गरिरहेको एमाले वृत्तमा चर्चा चल्यो- पार्टी फुट्न नदिन अध्यक्ष केपी शर्मा ओली एक कदम पछि सरे।

किनभने त्यसअघि बसेको वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय कमिटी बैठकमा नेपालले पार्टी एकता जोगाउने हो भने बोलाइएको बैठक ओलीले स्थगित गर्नुपर्ने बताएका थिए।

तर, सोमबारको बैठकले पार्टी एकतामा जोड दिइरहेका समक्ष त्यति शुभ समाचार ल्याएन। ओली पक्षले एमालेको रथ लगभग एक्लै हाँक्न सक्ने निर्णय अनुमोदन गर्यो, पार्टीमा अध्यक्षलाई शक्तिशाली बनायो। 

अध्यक्षमा शक्ति केन्द्रित गर्ने प्रस्ताव राखिएको सो विधान आगामी भदौ २६ र २७ गते बस्ने विधान महाधिवेशनबाट पारित हुँदैछ। नेपालप्रति आक्रोशित अध्यक्ष ओलीले संशोधन गराएको विधान एमाले विभाजनको दोस्रो प्रस्थानविन्दु भएको नेपालपक्षीय नेताहरु बताउँछन्।

प्रकाशित मिति: : 2021-08-10 20:53:00

प्रतिकृया दिनुहोस्