एउटा 'फेसबुक लाइक'ले मच्चिएको बबन्डर

सेतोपाटी

काठमाडौं

गत साउन १० गते नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अचानक सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेपछि नेपाली फुटबलमा तरंग आयो। प्रशिक्षक अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको नामै तोकेर राजीनामा दिन लागेको  बताएका थिए। 

छोटो समयमै नेपाली समर्थकमाझ लोकप्रिय छवि बनाएका अनमुताइरीले नेम्वाङका कारण राजीनामा दिन लागेको आशय व्यक्त गरेपछि समर्थकमाझ मात्र होइन एन्फा व्यवस्थापनमा पनि हलचल मच्चियो। जसको समाधान अहिलेसम्म निस्किएको छैन।

फुटबल टिम फिफा विश्वकप छनोट प्रतियोगिता खेलेर जेठ अन्तिम साता स्वदेश फर्किएपछि नेपाली फुटबल वृत्तमा प्रशिक्षक अलमुतारी छाएका थिए।

नेपाली फुटबल टिमको खेल्ने शैलीमा परिवर्तन भएको भन्दै उनी समर्थकमाथ लोकप्रिय बने। उनले खेलाडीको पक्षमा बोलेका कुरा मिडियाका लागि खुराक बन्यो। 

सामाजिक सञ्जालमा उनले समर्थकलाई सम्बोधन गर्दै धैर्य गर्न भनिरहे। फेसबुक लाइभमार्फत नेपाली फुटबल समर्थकका जिज्ञासा सम्बोधन गरे। समर्थकका प्रतिक्रिया र सन्देशलाई भ्याएसम्म 'रेस्पोन्स' गरे।

प्रकाशित मिति: : 2021-08-08 14:42:00

प्रतिकृया दिनुहोस्