‘तँलाई गोरखापत्र पढ्नु परोस्’

शिलापत्र

खगेन्द्र संग्राैला

अघिल्लो दिनसम्म कारखानाको भगवान् अर्कै थियो, भोलिपल्ट अर्कैको उदय भयो। पुरानाको अस्तयमा भक्तजनका आँखामा आँसु रसायो, र नयाँको उदयमा मनमा त्रास व्याप्त भयो। अब परिचित र प्रिय पुरानाको भजन गाऊँ, सिंहासनमा त्यो छैन। अपरिचित र भयकारी नयाँको भजन गाऊँ, हिजोसम्म त्यत्रो निन्दा गरिएकाको कसरी गाऊँ ? यसरी भक्तिभजनरहित एक दिन बित्यो। र, सढाउ कारखानाको वातावरण मरुमारु भएका घरको जस्तै भयो। शोकग्रस्त, शून्य र मौन कोलाहलमय। नित्य भक्तिभजनका माध्यमले जसको देवत्वकरण गरिएको थियो, सिंहासनबाट त्यो लखेटियो। नित्य निन्दाद्वारा जसको दानवीकरण गरिएको थियो, सिंहासनमा त्यो गजधम्म आसीन भयो। र, कारखानाका भक्तजन भए त्यसैत्यसै स्तब्ध र किंकर्तव्यविमूढ।

यो गोरखापत्र नामक सरकारी भक्तिमार्गी कारखानाको कथा हो। नैतिक प्रदूषणको मुहानरूपी सरकारी कारखानाको कथा। कत्ति बियाँलो नगरी अस्तित्वहरण गरिनुपर्ने चरम हानिकारक कारखानाको कथा।

प्रकाशित मिति: : 2021-08-06 09:39:00

प्रतिकृया दिनुहोस्