लडाकु दस्तामा प्रतिस्पर्धा : राजनीतिको अपराधीकरण

हिमाल खबर

मुकेश पोखरेल

विचार, तर्क र दर्शनबाट निर्देशित हुनुपर्ने राजनीतिक दलले शक्ति संघर्षका नाममा गठन गरेका लडाकु दस्ताले राजनीतिक मुठभेडको जोखिम बढाएको छ।

प्रतिनिधि सभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्दै विपक्षी गठबन्धनका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले आदेश दिएको भोलिपल्ट २९ असारमा युवा संघले युथफोर्स ब्युँतिएको घोषणा गर्यो। ओली पक्षीय युवा संघले ब्युँताएको युथफोर्सको संयोजक छन्, क्षितिज थेबे।

त्यसको चार महीना अघि ५ चैत, २०७७ मा बसेको नेकपा (माओवादी केन्द्र) का युवाको भेलाले वाईसीएल ब्युँताउने निर्णय गरेको थियो। २०६५ मा वाईसीएलका नाममा माओवादीको ज्यादती बढेको भन्दै एमालेको युवा संघका नेता महेश बस्नेतको संयोजकत्वमा युथफोर्स गठन गरिएको थियो। जुन वाईसीएलको विघटनसँगै निष्कृय थियो। फेरि दुवै ब्युँताइएका छन्। 

अझ नेकपा (एमाले)का अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष फोर्स गठनको प्रतिस्पर्धा छ। सरकारबाट बाहिरिएसँगै शुरू भएको फोर्स गठनको प्रतिस्पर्धामा एमाले भित्रको आन्तरिक विवाद उत्प्रेरक बनेको छ।

प्रकाशित मिति: : 2021-08-06 07:02:00

प्रतिकृया दिनुहोस्