बन्द गरियोस् राजनीतिलाई पेसा बनाउने कार्य

देशसञ्चार

काठमाडौँ

पूर्ण ओली

 

अविकसित र गरिब देशमा बेरोजगारको संख्या अत्यधिक हुुन्छ। त्यसैको फाइदा लिइरहेका हुन्छन् राजनीतिक नेतृत्वले। उनीहरूले आफ्नो समूहमा ठूलो जमात बनाउन यिनै जनतालाई विभिन्न तरिकाले आफूतिर आकर्षण गर्छन्। खासगरी जागिरका झुटा आश्वासनमा धेरै मानिस भुलिरहेका हुन्छन्। त्यही भएर कतिपय बेरोजगार युवा नेताका झोले कार्यकर्तामा सीमित भइरहेका छन्।

यति मात्र होइन, कर्मचारीमा पनि ट्रेड युनियनको दुरूपयोग गरी आफ्नो पक्षमा पार्ने प्रयास गरिन्छ। नेपालमा राजनीति नघुसेको कुुनै संस्था छैन। सेनाबाहेक सबैतिर खुला रूपमा राजनीतिको चलखेल देख्न पाइन्छ। लोकतन्त्रको नाममा नयाँ संविधान आएपछि अदालतमा पनि राजनीतिक दलका सिफारिसमा न्यायाधीश नियुक्ति सुरु भएपछि अदालत पनि राजनीतिबाट चोखो रहेन।

अहिले राजनीति गर्ने व्यक्ति कुुनै पेसा नहुुने, बेरोजगार, गफाडी, गुुट बनाउन सक्ने, धूर्त, झुुटा आश्वासन दिन सक्ने, वक्तृत्वकलामा निपुण व्यक्ति नै यसमा संलग्न भएको पाइन्छ। जसको मुुख्य उद्देश्य पद र पैसा प्राप्त गर्नु हो। अहिले हामी देख्न सक्छौँ ठूला नेताहरू जसको कुनै व्यवसाय तथा आम्दानीको कुुनै स्रोत छैन उनैसँग देखिन्छ अकुत सम्पत्ति। जनता र कार्यकर्ता नेतालाई कमाइको स्रोत सोध्न सक्दैनन् बरु त्यही सम्पत्तिमा लोभिएर आफू पनि ठूलो नेता भएर पद र पैसा प्राप्त गर्न राजनीतिमा होमिन्छन्।

युवा पनि यही राजनीतिमा छिरेर पद र पैसा कमाउन दलका विभिन्न जत्थामा सामेल भई आफ्नो भविष्य अन्धकार बनाइरहेका छन्। नेताहरूले युवालाई जत्थामा संगठित गरेर कुुनै अनुकम्पा होइन, उनीहरूको युवा जोशको दुरूपयोग मात्र गरेका हुन्छन्।

प्रकाशित मिति: : 2021-08-05 17:44:00

प्रतिकृया दिनुहोस्