सांसद लाेगाे लुकाएर मात्रै हिँड्‌ने माननीय

शिलापत्र

काठमाडौं

'बल्ल बल्ल अघिल्लो गफाडी सरकारलाई बिदा गरियो । यो सरकार पनि गफाडी हुने हो कि भन्ने चिन्ता भइरेहको छ । माननीय मन्त्री र सरकारले गर्दा सांसदहरू लोगो लुकाएर हिँड्नुपर्ने अवस्था छ । सरकारलाई ज्ञात होस्,' १२ साउनको प्रतिनिधिसभा बैठकमा गजेन्द्रबहादुर महतले गुनासो सुनाए ।

संसदमा याे गुनासाे उनले पहिलाेचाेटि बिसाएका हाेइनन् । संसदमा  बाेल्ने अवसर पाउँदा उनी अक्सर याे आशय छुटाउँदैनन् । 

संसदमा पहिलाेपटक चुनिएका माओवादी केन्द्रका सांसद गजेन्द्र बाहिर हिँड्दा कहिल्यै पनि सांसदको लोगो लगाउँदैनन् । ५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि उनले बाहिर हिँड्दा लोगो लगाउन छाडेका हुन् ।

प्रतिनिधिसभाको बैठक वा संसदीय समितिको छलफलमा सहभागी हुन अनिवार्य लाेगाे लगाउनुपर्ने भएकाले गेटमा पुगेपछि मात्र लोगो भिर्छन् ।

प्रकाशित मिति: : 2021-08-05 08:36:00

प्रतिकृया दिनुहोस्