युथ फाेर्स र साइबर सेना निर्माण अभियानलाई तीव्र बनाउदै राष्ट्रिय युवा संघ राेल्पा, हाेलेरीमा तीन समूह गठन

बिएल संवाददाता

हाेलेरी (राेल्पा)

नेकपा एमालेकाे भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल राेल्पाले स्थानीय तहमा कमिटी निर्माण र संगठन सुदृढीकरण अभियानलाई तीव्र बनाएकाे छ।

युवा संघकाे कमिटीलाई चलायमान बनाउदै पालिकामा युथ फाेर्स र साइबर सेना समेत गठन गरिरहेकाे राष्ट्रिय युवा संघ राेल्पाका संयाेजक प्रेम बिकले बताएका छन्।

बुधबार राेल्पा हाेलेरीमा सम्पन्न  रुन्टिगढि गाउँपालिका स्तरिय भेलाले गणेश गिरि संयाेजक र दिलिप बाँठा सह-संयाेजक रहेकाे ३४ सदस्यीय युवा संघकाे कमिटी, ओम प्रकाश दशाैदी संयाेजक र नन्द बहादुर खत्री सह-संयाेजक रहेकाे २७ सदस्यीय पालिकास्तरीय युथ फाेर्स कमिटी र साइबर सेना समेत चयन गरिएकाे बताईएकाे छ।

राष्ट्रिय युवा संघ रुन्टिगढी गाउँपालिका संयाेजक गणेश गिरिकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपा एमालेका लुम्बिनी प्रदेश सचिबालय सदस्य तथा राेल्पा जिल्ला संयाेजक बालाराम बुढा, नेकपा एमालेका लुम्बिनी प्रदेश सचिबालय सदस्य ईश्वरी जि.एम., पार्टी जिल्ला सचिबालय सदस्य गाेपाल डाँगी, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्यहरु प्रेम बिक, मीन बहादुर महरा, एमाले जिल्ला सदस्यहरु याम बहादुर दशाैदी, नेप बहादुर थापा, अमराज बस्नेत, युथ फाेर्सका केन्द्रीय सदस्य घनश्याम दशाैदीलगायतको सहभागिता रहेकाे थियाे।

युवा संघ राेल्पाका सदस्य तथा रुन्टिगढी सह-ईन्चार्ज कृष्ण पुन (दिनेश)काे स्वागत मन्तब्यबाट सुरु भएकाे कार्यक्रमकाे सञ्चालन संघका पालिका सह- संयाेजक दिलिप बाँठामगरले गरेका थिए।

प्रकाशित मिति: : 2021-08-05 07:42:00

प्रतिकृया दिनुहोस्