लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।
३४ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको छ। मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता गरिएको यो तेस्रो अविश्वासको प्रस्ताव हो।
माओवादी केन्द्रका कूलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ।