काठमाडौं : भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दार्चुलामा तुइन काटेर एक जना नेपाली युवाको हत्या गरेको घटनाको बयान फेर्न प्रत्यक्षदर्शीलाई धम्की दिएको छ।
सरकारले बनाएको वार्ता टोली सोमबार प्रत्यक्षदर्शीलाई दार्चुलाको सदरमुकाम खलंगा बोलाएपछि भारतीय सुरक्षा फौज एसएसबीले बयान फेर्न दबाब दिएर फोन गरेको दार्चुलाको व्यास नगरपालिका-२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले जानकारी दिए।