बाबु-बाजेको पेसा अमेरिका-युरोपमा फैलाउँदै छोराछोरी

सेतोपाटी

काठमाडौँ

मध्यपुर थिमिस्थित भाटभटेनी सुपरमार्केटको ठीक अगाडि सानो गल्ली छिचोलेपछि झोलुंगे पुल देखिन्छ। पुलबाट थोरै दायाँ मोडिएपछि सिधा बाटो छ। त्यही बाटो दुई सय मिटरजति हिँडेपछि गेटमै लेखेको देखिन्छ 'सेरा नेपाल'।

गेटभित्र रंगीबिरंगी माटाका भाँडाकुँडा सजाएको देख्न सकिन्छ। तिनको स्याहार-सम्भारमा सधैंजसो व्यस्त हुन्छिन् च्यामासिंहकी २६ वर्षीया एलिना प्रजापति।

ग्राहकलाई थरिथरि डिजाइनका भाँडा देखाउनु उनको दैनिकी हो। उनका २३ वर्षीय भाइ विशाल पनि यहीँ खटिरहेका छन्। यी दिदीभाइले दुई वर्षयता आफ्ना बुवाको पुर्ख्यौली पेसामा साथ दिँदै आएका हुन्।

'दुई वर्षअघि म र मेरो भाइले व्यवसाय विस्तार गर्ने योजना बनाएर लागेका हौं,' एलिनाले भनिन्।

त्यसअघि उनीहरू दुवै पढाइ र जागिरमा व्यस्त थिए। माटाको भाँडा बनाउने क्षेत्रमै केही गर्नुपर्छ भन्ने नलागेको होइन। तर पढाइभन्दा बिल्कुल फरक व्यवसाय भएकाले हिम्मत गरिहाल्न कठिन भइरहेको थियो। फेरि दिदीभाइले यो उद्योग व्यवसायिक रूपमा राम्रोसँग चलेको देखेका थिएनन्।

प्रकाशित मिति: : 2021-08-02 08:39:00

प्रतिकृया दिनुहोस्