मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी)माओवादीले सय विघाभन्दा बढी जमीन कब्जा गरेको छ।
चितवनको माडीमा ट्वान्टी वान ग्रुप प्रोपर्टी डिलर्स प्रालिले प्लटिङ गरेर बेच्दै आएको जमीन कब्जा गरेको हो।
माडी नगरपालिकाका विभिन्न स्थानमा झण्डा गाडेर कब्जा गरिएको जिल्ला इन्चार्ज घननाथ सापकोटाले बताएका छन्। उनले कब्जा गरिएको जमीन सुकुम्बासीलाई वितरण गरिने बताए।
उनले भने, 'खेतीयोग्य जमीनलाई कुनै पनि हाल प्लटिङ गर्न दिदैनाैँ। बरू जमीन सुकुम्बासीलाई हस्तान्तरण गर्छाैँ।'