अमेरिकी राष्ट्रपति जो बाइडेनले यो बर्ष क्वाड सम्मेलन आयोजना गर्ने भएका छन्।
अमेरिकी राष्ट्रपति बाइडेनले यो बर्ष क्वाड (अमेरिका, अस्ट्रेलिया, भारत र जापानको रणनीतिक फोरम) सम्मेलनको आयोजना गर्ने भएका हुन्।
सदस्य राष्ट्रका प्रमुखहरुको व्याक्तिगत उपस्थिति रहने यो पहिलो क्वाड सम्मेलनको मिति भने तोकिएको छैन। गत मार्चमा अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसन र जापानी प्रधानमन्त्री सुगा योसिहिदे उपस्थित क्वाडको पहिलो बैठक भने भर्चुअल रुपमा आयोजना गरिएको थियो। इन्डो प्यासिफिक क्षेत्रको अमेरिकी संयोजक कर्ट क्याम्पबेलले यो बर्ष हुने क्वाड सम्मेलन अमेरिकाले आयोजना गर्ने बताएका हुन्।
यो सम्मेलनमा कोभिड १९ बिरुद्ध खोप नीति तथा पूर्वाधार बिषयमा निर्णायक प्रतिबद्धता हुने क्यापबेलले बताएका छन् । सम्मेलनमा सदस्य चार मुलुकहरुले आगामी सन् २०२२ मा इन्डो प्यासिफिक मुलुकहरुमा एक अर्ब डोज जोनसोन एण्ड जोनसोन कोभिड १९ बिरुद्धको खोप उपलब्ध गर्नेबारे छलफल हुने बताईएको छ। इन्डो प्यासिफिक क्षेत्रमा चीनको विस्तारवादी नीतिको प्रतिरोधको रुपमा क्वाड रणनीतिक फोरमलाई लिईने गरिन्छ।