१० वर्षदेखि बेपत्ता आमा खोजिरहेका निरीह छोरीहरू

शिलापत्र

कृष्णसिंह लाेथ्याल

सुधा महर्जनले आफ्नो फेसबुकको प्रोफाइलमा आमाको तस्वीर राखेकी छिन्। फेसबुक प्रोफाइलमा आमाको पोस्टरसहितको तस्वीर सजाएकी सुधा स्वयम्‌ले आमालाई नदेखेको एक दशक नाघ्यो।

जिउँदो छिन् वा मृत सुधाकी आमा छोरीमैया महर्जनको अत्तोपत्तो छैन। सुधाले फेसबुकमा आमाको श्यामश्वेत तस्वीर राखेकी छिन्। सायद, सुधालाई आमा जिउँदी छैनन् भन्ने मनको कुनाभित्र कतै गढेको पो छ कि ?

‘म छोरीमैया हुँ, म सुरक्षित छैन’। सुधाको फेसबुकमा छोरीमैयाको तस्वीरसहितको पोस्टरमा यस्तो लेखिए पनि उनी सुरक्षित छिन् वा छैनन् कसैलाई थाहा छैन। घरपरिवार, इष्टमित्र र राज्य सबै बेखबर छन्। 

१६ फागुन २०६८ मा काठमाडौं जैसीदेवलकी ५२ वर्षीया छोरीमैया एकाएक बेपत्ता भएकी थिइन्। बिहानै ८ बजे नयाँ बानेश्वरस्थित साथी ‘निक्की’ भनिने सुरक्षा सिंहलाई भेट्न भनेर निस्किएकी उनी त्यसपछि फर्किनन्। 

प्रकाशित मिति: : 2021-07-30 16:55:00

प्रतिकृया दिनुहोस्